• Breaking News

    11.29.2014

    सेक्सी भएका कारण एयरहोस्टेसले गुमाइन् जागिर

    टर्किस् एअरलाइन्सले आफ्नो कम्पनीको एक एयर होस्टस्ले मोडलका रुपमा उत्तेजक पहिरनमा काम गरेको थाहा पाएपछि तिनलाई कामबाट बर्खास्त गरेको छ । ३१ वर्षीय जुहाल सेनगुलले मोडल भएर काम गरेकै कारण जागिर गुमाउनु परेको हो ।
    टर्किस एयरलाइन्सका अध्यक्षका अनुसार टर्कीमा विस्तारै इस्लामका नियम कडा हुँदै गएकोमा आफ्नो एयरलाइन्सले पनि यस विषयमा सशक्त कदम उठाउनु परेको हो ।
    एयरलाइन्सका म्यानेजरहरुले जुहालको तस्विर एक इटालियन पत्रिकामा देखेपछि तिनलाई बर्खास्त गरिएको थियो । यतिबेला उनले काम गरेको अर्को भिडियो पनि युट्युवमा सार्वजनिक गरिएको छ ।
    गत वर्षदेखि एयरलाइन्सले आफ्ना कर्मचारीहरुलाई रंगिन लिपस्टिक र मेक लगाउन प्रतिबन्ध गरेको थियो । तर, समाजिक सञ्जालमा विरोधपछि त्यस निर्णयलाई भने फिर्ता लिइएको थियो । गत फेब्रवरीदेखि एअरलाइन्सले आफ्नो इकोनोमी क्लासका यात्रुहरुलाई रक्सी दिन छाडेको छ । त्यस्तै ८ इस्लामिक देशहरुमा जाने सबै विमानहरुमा रक्सी प्रतिबन्धित गरिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र