• Breaking News

    11.13.2014

    विश्वकै होँचो र अग्लो मानिसबीचको मिलन (फोटोफचर)

    नेपालका चन्द्र डाँगी लण्डनमा

     लण्डन, कार्तिक २७ – आज एक निकै अनौठो भेट भएको छ । संसारकै सबैभन्दा होँचो र सबैभन्दा अग्लो मानिसको रेकर्ड बनाएका दुई व्यक्तिको पहिलो पटक भेट भएको छ । गिनिज विश्व रेकर्ड दिन मनाउन लण्डन पुगेका विश्वकै होचो चन्द्र डाँगी र सुल्तान कोसेनबीच आज हाउस अफ पार्लियामेन्ट अगाडी भेट भएको हो । त्यहाँ उनीहरुले सँगै तस्विर पनि खिचाएका छन् । त्यहाँ गिनिज बुकको ६० औं वार्षिकोत्सव मनाइएको थियो ।

    ३१ वर्षीय कोसेन टर्कीका हुन् । उनले सन् २००९ मा चीनका जी सुनको रेकर्ड तोड्दै विश्वको सबैभन्दा अग्लो मानिस बनेका हुन् । उनको उचाईं ८ फिट १ इन्च रहेको छ । पेशाले उनी कृषक हुन् । उनको सबैभन्दा ठूलो हात भएको मानिस (११.२२ इन्च) को रेकर्ड पनि रहेको छ ।
    यता, डाँगी नेपालको रिमखोलीका वासिन्दा हुन् । उनको उचाईं केवल २१.५ इन्च रहेको छ । यसअघि संसारको सबैभन्दा होचो मानिसको रेकर्ड भारतीय गुल मोहमदको नाममा थियो । उनको उचाईं केवल २२.५ इन्च रहेको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र