• Breaking News

    11.15.2014

    फुटबलस्टार मेस्सी र ड्रोग्वा मःम खान नेपालमा (भिडियोसहित)

    काठमाडौं । अर्जेन्टिनालाई विश्वकप सन् २०१४ को फाइनलसम्म पुर्‍याएका बार्सास्टार लियोनल मेस्सी र आइभरीकोष्टका चेल्सीस्टार डिडियर ड्रोग्वा अहिलेका चर्चित फुटबलर हुन् । उनीहरुका फ्यान विश्वभरी नै उत्तिकै छन् ।

    युरोपियन क्लबबाट फुटबल खेल्नै दुवै खेलाडी कैयौपटिक आमुनेसामुने भएका छन् र दुवै एक अर्काका प्रतिस्पर्धी पनि हुन् । तर, पछिल्लो समय मैदानमा ड्रोग्वा खासै जम्न सकिरहेका छैनन् ।

    तर, उनीहरुबीच नेपाली मःम खाने विषयमा पनि प्रतिस्पर्धा नै चलेको छ । टर्किस एयरलाइन्सले हालै बनाएको एक विज्ञापनमा दुई स्टारबीच नेपाली मःम खान प्रतिस्पर्धा नै चलेको देखाइएको छ ।
    विज्ञापनमा टर्किससँगै नेपाली मःम रेस्टुरेन्टमा उनीहरुबीच चलेको प्रतिस्पर्धा चलेको र नेपाली मःम खान नेपाल आएको देखाइएको छ । ड्रोग्वा रेस्टुरेन्टमा पसेर पलेँटी कस्दै नमस्ते गरी मःम खान बस्दा भित्तामा मःम रेस्टुरेन्टका नेपालीसँग मेस्सीले हात मिलाएको देखेपछि जिल खान्छन् ।

    नेपालपछि मेस्सीलाई उछिन्न जापान पुगेका ड्रोग्वाभन्दा पहिले नै मेस्सीले मःम खाइसकेका हुन्छन् । उनले त्यहाँ पनि मेस्सीले हस्ताक्षर गरेर राखेको फोटो भेट्छन् ।
    टर्किस एयरलाइन्सले शुक्रबार यु ट्यूबमा राखेको यो विज्ञापनले अहिले संसारभर चर्चा पाइरहेको छ ।


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र