• Breaking News

    11.24.2014

    शास्त्रीय सिध्दान्त अनुसार विहान नुहाउँदा हुने १० फाइदा हरु के के हुन् जानी राखौ....!

    जीवनचर्याका पनि नियम उल्लेख गरिएको छ शास्त्रमा । बिहान सवेरै नुहाएर दिनचर्या शुरु गर्दा धेरै राम्रो हुने बताइन्छ ।

    विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ । यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ ।

    शास्त्रीय श्लोक भन्छः
    गुणा दश स्नान परस्य साधो रूपञ्च तेजश्च बलं च शौचम्।
    आयुष्यमारोग्यमलोलुपत्वं दु:स्वप्रनाशश्च यशश्च मेधा:।
    अर्थात बिहान सवेरै स्नान गर्दा शरीरमा १० वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन्ः
    १ सौन्दर्य ।
    २ शारीरिक शक्ति
    ३ ज्ञान, ऊर्जा
    ३ आत्म विश्वास
    ४ पवित्र मन, विचार र कर्म
    ५ स्वास्थ्य
    ६ बुद्धि र विवेक
    ७ सपनाबाट छुटकारा
    ८ लालसाबाट मुक्ति
    ९ यश
    १० कीर्ति।

    शास्त्रमा दैनिक रूपमा बिहान नुहाउँदा शरिर निरोगी हुनुका साथै मन-मष्तिष्क पनि उर्जावान् र तनावमुक्त रहने उल्लेख छ । विहानको नुहाइले दिनभरी नै फ्रेस राख्ने भएका कारण यसमा बैज्ञानिक आधार समेत रहेको पाइन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र