उनी भन्छन्–यो कुरा सही हो कि मेरी श्रीमतीको मूल्य एउटा गाईकोभन्दा पनि कम थियो। तर, यदि मेरा छोराहरुका लागि दुलही पाइन भने म त्यही प्रक्रिया दोहोराउनेछु ।
आठ सन्तानकी आमा ती महिला भन्छिन् कि उनीहरुको जिन्दगी दासको जस्तै छ । उनले भनिन्–जब म १२ वर्षकी थिएँ तब मेरा श्रीमानले मलाई यहाँ ल्याएका थिए । उनले मलाई पिटिरहे । तर, म केही पनि गर्न सक्दिनँ थिएँ । किनभने म कतै पनि जान सक्दिन थिएँ ।
भारतको केही भागमा दुलही किन्ने प्रथा अहिले पनि छ । हरियाणमा यो समस्या अझ गम्भीरछ ।
महिलाप्रति पुरातन पूर्वाग्रह र अल्ट्रासाउन्डजस्तो लिंग परीक्षण गर्ने आधुनिक प्रविधिका कारण कन्या भ्रुणको गर्भपतन सम्भव भएकोछ। यही कारणले भारतका अन्य स्थानमा पनि महिलाको अनुपातमा पुरुषको संख्या धेरै छ ।
एक बिचौलियाले बीबीसीसँग भने–म स्वयमले पनि अन्य बिचौलियासँग आफ्नी श्रीमती किनेको हुँ । त्यसपछि मैले पनि आफ्नो परिवार जनाउनका लागि यही काम सुरु गरेँ ।
उनी आफूले राम्रो काम गरिरहेको दावीसमेत गर्छन्। उनले गरेको कामबाट दुवै पक्षले लाभ लिने उनको दावी छ ।
सडक किनारमा एउटा झोपडी बनाएर आफ्ना बालबच्चाका साथ बसिरहेकी रोशनी भन्छिन्–मलाई मेरो श्रीमानको निधनपछि घरबाट निकालियो। श्रीमानका भाइले जबरजस्ती विवाह गर्न चाहेको र आफूले अस्वीकार गरेपछि घरबाट निकालिएको रोशनीको भनाइ छ।
लैंगिक पूर्वाग्रहको जड यति बलियो छ कि जन्मभन्दा पहिला नै बालक र बालिकाबीच भेदभाव गर्ने गरिन्छ । एजेन्सी
No comments:
Post a Comment