एजेन्सी । एक सहासी युवा अमेरिकी प्रकृति विज्ञानका छात्र तथा फिल्म निर्माताले इन्टरनेटको दुनियामा नयाँ हलचल मच्चाइ दिएका छन् । उनको दाबी छ की टिभी शोका लागि उनले स्वयं एक अजंगको सर्पको शिकार बन्ने चुनौति मोले ।
एक नयाँ शोको प्रचारका लागि युट्युवमा पोष्ट गरिएको ३० सेकेन्डको भिडियोमा उनले भनेका छन्–म पल रोजेली हुँ र म यो काममा पहिलो व्यक्ति हुँदै छु की, मलाई एनाकोंडा नामक सर्पले जिउँदै खाँदै छ ।
‘इटन अ लाइभ’ नामक शो सात डिसेम्बरमा डिस्कोभरी च्यानलमा प्रशारण भएको थियो । यो शोको प्रोमो युट्युवमा अपलोड भएको थियो । भिडियोमा उनले स्नेक प्रुफ सुट लगाएका थिए ।
उनको यो कामले जनावरको अधिकार संकुचन भएको भन्दै जनावरको अधिकारमा काम गर्ने एक संस्था ‘पेटा’ ले उक्त कार्यक्रम प्रशारण नगर्न डिस्कोभरीलाई आग्रह गरेको थियो ।
No comments:
Post a Comment