• Breaking News

    11.15.2014

    देहव्यापार बढाउन महिलालाई इन्टरनेट

    व्यापार बृद्धिका लागि विभिन्न कोर्स तालिम दिईन्छ । आफना ग्राहकहरुलाई सुविधा प्रदान गर्नका लागि विभिन्न संस्थाहरु अनलाईन कोर्स गर्छन । राम्रा राम्रा कलेजबाट एबीए शिक्षा प्राप्त बिद्यार्थीहरु अनलाइन मार्केटिङका लागि इन्टरनेटमा क्रैश कोर्स (crash course) गर्छन् । व्यापार बृद्धिका लागि इन्टरनेटमा क्रैश कोर्स उत्तम बिचार हो । तर देह व्यापार या बेश्याबृत्तिको बृद्धिका लागि यस्तो तालिम गर्नु राम्रो हुन्छ ?
    अब राम्रो होस या नहोस्, यो कुरा सत्य हो कि चीनमा ग्राहकहरुलाई कसरी आकर्षित गर्ने भनेर यस्तो क्रैश कोर्स दिईएको छ । चीनमा १० जना बेश्याहरुले यस्तो कोर्स लिईरहेको एक भिडियो सार्वजनिक भएको छ । अहिले जहाँपनि यसैले चर्चा पाईरहेको छ ।
    इन्टरनेटमा बेश्याबृत्तिमा संलग्न १० महिलाहरुलाई देखाईएको छ । यस भिडियोमा महिलाहरु देहव्यापारसंग सम्वन्धित क्रैश कोर्सको तालिम लिईरहेका छन् ताकि कुन तरिकाले ग्राहकहरुलाई आफुतिर आकर्षित गर्न सकिन्छ ।
    केवल २ मिनेटको यस भिडियोमा सूटमा सजिएकी एक महिला इन्स्ट्रक्टर त्यहाँ उपस्थित महिलाहरुलाई सम्झाई रहेकी छन कि कसरी बढी भन्दा बढी ग्राहकहरुलाई आफुतिर आकर्षित गर्न सकिन्छ । यद्यपि यस भिडियोको प्रमाणिकता पुष्टि भएको छैन तर यस भिडियोले इन्टरनेट साइटहरुमा उत्पात मच्चाएको छ । स्मरणीय छ, चीनमा देहव्यापार गैरकानूनी छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र