• Breaking News

    11.25.2014

    मान्छे हो कि सुनको खानी ?

    मंसिर १०–
    आफ्नो छोरीलाई निकै धुमधामका साथ विवाह गरी विदाई गर्ने हरेक आमा बुवाको सपना हुन्छ ।
    यस्तै भारतमा पनि छोरीको विदाईका लागि धेरैजसो बुवाहरुले आफ्नो जिन्दगीभरको कमाई नै खर्च गर्छन् । तर यसरी धुमधामका साथ विदाई गर्ने काम यति सजिलै भने छैन ।

    तर हामी तपाईलाई यस्तो बुवाको बारेमा बताउँदै छौ, जसले आफ्नो छोरीको विदाईमा यस्तो पनि गरे । जुन सुन्दा सायद तपाई दङ्ग पनि पर्न सक्नु हुन्छ । डेल मेलको खबर अनुसार आन्ध्र प्रदेशको तिरुपतिमा एक मिठाई कम्पनीेको मालिकले आफ्नो छोरीको विवाहमा १ करोड होइन, दुई करोड होइन करिब ४ करोडको सुनको गर गहना बनाई दिएका थिए ।

     अर्थात् ती कम्पनी मालिकाका छोरीले ३ करोड ८८ लाखको सुनको आभुषण लगाएका थिए । यति ठुलो मात्रामा सुनको आभुषण लगाएका कारण उनको सुरक्षा प्रहरीले गरेका थिए ।

     विवादमा दुलकीको बुवा पनि सुनले पुरा ढाकिएको थियो ।

    यस प्रकारको विवादलाई कतिपयले राम्रो मानेका छन् भने धेरैजसोले धाक देखाउने एउटा नराम्रो तरिका भएको टिप्पणी पनि गरेका छन् । ( एजेन्सीको सहयोगमा )

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र