यदि आगामी महिना पनि सुनको मूल्य ओरालो लागेमा सुनको मुल्यले दुई वर्षसम्म लगातार ओरालो लागेर १७ वर्ष पहिलेको इतिहासलाई पुनरावृत्ति गर्ने छ । सन १९९७ र १९९८ मा पनि सुनको मूल्य अन्तराष्ट्रिय बजारमा लगातार दुई वर्षसम्म घटेको थियो । त्यती बेला अन्तराष्ट्रिय बजारमा सुनको मूल्य क्रमशः १४ प्रतिशत र दुई प्रतिशतले घटेको थियो । त्यतिबेला सुनमा लगानी गरेका लगानी कर्ताले ठूलो नोक्सानी व्योहोर्नु परेको थियो ।
सुनको मूल्य निरन्तर ओरालो लागिरहँदा यस क्षेत्रमा लगानी गरेका लगानीकर्ता भने निराश बनिरहेका छन् । यो सँगै सुनमा लगानी गर्ने व्यापारीसमेत अब लगानीका लागि हिच्किचाउन थालेका छन् । करिब १४÷१५ सम्मको लामो अवधिमा सुन लगातार उकालो लागिरहेको थियो र यस सुनमा लगानी गर्ने व्यापारीले पछि फर्कनु परेको थिएन तर अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावटले सुनमा लगानी गर्ने व्यापारीलाई एक पटक पुनः सोच्न बाध्य बनाएको छ ।
No comments:
Post a Comment