• Breaking News

    11.09.2014

    कामै नगरि १ अर्ब ८२ करोड स्वाहा

    २४ कात्तिक, काठमाडौ ।
     शिक्षा मन्त्रालयले सरकारी विद्यालय भवन तथा शौचालय निर्माणका लागि गत वर्ष निकासा भएको १ अर्ब ८२ करोड रुपैया कामै नगरी सकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

    शिक्षा पत्रकार सन्जाल र लुनिभाले आइतबार गरेको कार्यक्रममा महालेखा परीक्षक कार्यालयका प्रबक्ता बाबुराम गौतमले गत वर्ष नै काम सक्नेगरी निकासा भएको उक्त रकम कतै प्रयोग नभएको बताए ।

    उनका अनुसार ४३ जिल्लाका ४ सय ९२ विद्यालय ,२ सय ५६ समिति तथा १सय ४० शिक्षा मन्त्रालयको अनुगमनक्रममा उक्त तथ्य फेला परेको हो ।

    ‘शिक्षा मन्त्रालय र विभागले गत वर्ष नै विद्यालय भवन तथा शौचालय निर्माण गर्ने निकासा गरेको १ अर्ब ८२ करोड रुपैयाको कामै नभएको हाम्रो अनुगमनले देखाएको छ,’ गौतमले भने,‘निर्माणको काम कतै नभए पनि रकम फिर्ता आएको देखिएन ।’

    ४३ जिल्लाका ४ सय ९२ विद्यालयमा ३ करोड ५५ लाख रुपैया शिक्षकको तलब भत्तामा दोहोरो निकासा भएको समेत अनुसन्धानमा देखिएको उनले जानकारी दिए ।

    महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले जिल्ला शिक्षा अधिकारीसित छोरीको विवाहका लागि ४ लाख लिएका रहेछन्’ उनले भने,‘तर त्यो रकम फिर्ता भएको देखिएन । पाठ्यपुस्तक शैक्षिक सामग्री केन्द्र ,छात्रवृत्ति ,तलब,भवन निर्माणलगायत शीर्षकमा बढी रकम भ्रष्टाचार भइरहेको पाइयो ।’ आजको नागरिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र