• Breaking News

    11.14.2014

    युएन पार्कमा यसरी मौलाउँदै छ प्रेम

    कार्तिक २८,
    राजधानी काठमाडौँमा प्रेम गर्ने जोडीहरुका लागि ‘डेटिङ स्पट’ अभाव भएको बहस चलिरहेको बेला बुद्धनगर पछाडी रहेको युएन पार्कमा भने मजाले प्रेमील जोडीहरुको प्रेम झांगिन थालेको छ । बागमती नदी किनारमा निर्माणधिन सो पार्कमा प्रेमालापमा रमाउन जानेहरुको भीड लाग्न थाले पछि पार्क प्रेम पार्कमा परिणत भएको स्थानीयबासीहरु बताउँछन् ।

    ‘स्कूल कलेज ड्रेसमै युवायुवती आउँछन्’ पार्क अगाडि बदम बेच्दै आएकी लिलामाया गौतमले भनिन् ‘दिनभरी पार्कमा विताएर रात परे पछि मात्र फर्कन्छन् ।’ पार्कमा लगाइएका रुखहरु बढ्न थाले पछि उक्त स्थान सितल खान जानेहरुको भन्दा पनि मायाँ प्रेमका लागि जानेहरु बढ्न थालेका हुन् । अन्य दिनको तुलनामा शनिबार अझै युवा युवतीको भीड लाग्ने पनि उनले बताइन् ।

    पार्क भित्र के के गर्छन् हामीलाई थाहा हुँदैन उनले भनिन् ‘कहिले काँही त स्कूल पढ्ने केटाकेटी पनि आउँछिन् ।’ एकीकृत बागमती विकास परियोजना अन्र्गत बागमती नदी किनारमा  हरित पार्क निर्माण गर्ने उद्देश्यले सो स्थानमा पार्कको निर्माण भएको हो ।

    पार्क बने पछि युवावतीको आवत जावत बाक्लो भएको अर्का स्थानीय नरबहादुर श्रेष्ठले बताए । पार्क सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले पनि उचित ध्यान पुर्याउन नसक्दा यो क्षेत्रमा अश्लिल गतिविधि बढेको उनको तर्क छ । ‘स्थानीय प्रशासनले उचित निगरानी गर्नु पर्यो । पार्क निर्माण भए पछि त यो ठाउँ प्रेम अखडामा रुपान्तरण भएको छ’, उनले भने ।’

    ‘एकान्त ठाउँ तथा अभिभावकको नजर नपर्ने हुनाले यहाँ आउँछन्’ उनले भने ‘पछिल्लो समय यो ठाउँ दुव्र्यसनी गर्नेहरुको पनि अखडा बनेको छ ।’
    nepalpati.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र