• Breaking News

    11.13.2014

    टन्सिल के हो? जान्नुहोस उपचार र रोकथाम

    यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ| घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन्| टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।

    कारणहरु
    जीवाणु सरेर हुन सक्छ|
    सामान्य ब्याक्टेरियाहरु बाट हुनसक्छ|
    मुख र दातको राम्रोसंग सफाई नगर्नु|
    कुपोसन तथा घनावस्ती भएको ठाउमा हुनसक्छ|
    रोगको विकास
    कान दुख्ने टाउको दुख्ने सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ । मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन् । जीर्ण टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने मुख मीठो नहुने सास गन्हाउने जस्ता लक्षण हुनसक्छ । यदि टन्सिलहरु अत्यन्त ठूलो भएमा यसले हाम्रो बोलीमा खानेकुरा निल्न सास फेर्नमा समेत अप्ठ्यारो असजिलो अनुभव गराउन सक्छ । यसरी टन्सिलको संक्रमण यसको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ । साथै टन्सिल वरिपरी पीप जम्मा हुनु कोन पाक्नु बाथ ज्वरो आउनु मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएका मुटु सुनीने पनि हुन सक्छ । जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ ।

    लक्षणहरु
    सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुनछ|
    भोक नलाग्ने र अल्छि लाग्न सक्छ|
    बिस्तारै ज्वरो आउन थाल्छ|
    टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ
    त्यसपछि पनि निक्लिन थाल्छ|
    पिप बग्ने वा सुजन हुनछ|
    लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन|
    उपचार
    आराम गर्नु पर्छ|
    झोल कुराहरु खानु पर्छ|
    ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ|
    पन्सिलिन नै राम्रो दवाई हो|
    के जचाउने
    खुनको: टीसी, दीसी, ईसर, एछबी
    एसओ, सीआरपी





    स्रोत: तत्काल डाक्टर नभएमा किताबबाट, डा.बिष्णु प्रसाद पण्डित

    डा.बृहस्पति पण्डित

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र