• Breaking News

    11.21.2014

    जानिराख्नुस दश मिनेटमा तौल घटाउने तरिका

    मोटाएर चिन्तित हुनुहुन्छ ? चिन्ता नगर्नुस्  अव १० मिनेट मात्र समय लगाएर मोटो पनको समस्या समाधान गर्न सक्नु हुन्छ ।

    हालै गरिएको एक शोधले नियमितरुपमा १० मिनेट सम्म जाडोमा बसेर काँप्दै क्यारली घटाउने हो भने मोटो पन ह्वात्तै घट्ने देखाएको छ ।

    युनिभर्सिटी अफ सिड्नीका शोधकर्ताहरुले चिसो ठाउँमा अभ्यास गर्दा शरीरमा क्यालोरी बर्न धेरै हुने र ब्राउन फ्याट तयार हुने हुन्छ जसले मोटो पन घटाउन सहयोग गर्छ ।

    बैज्ञानिकहरुका अनुसार फ्याट २ प्रकारको हुन्छ ह्वाइट फ्याट र ब्राउन फ्याट  ह्वाइट फ्याट शरीरलाई उर्जा दिन्छ भने ब्राउन फ्याट क्यालोरी बर्न गर्न सहायक हुन्छ ।

    शरीरमा प्रतिदिन ५० ग्राम मात्र ब्राउन फ्याट पैदा गर्न सक्यो भने त्यसले ३०० क्यालोरी कम गर्छ ।

    र १५ डिग्री सेल्सियस भन्दा चिसो ठाउँमा १० मिनेट शारीरक अभ्यास गर्दा मोटो पन घटाउन प्रयाप्त हुने ब्राउन फ्याट पैदा गर्न सकिन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र