• Breaking News

    11.10.2014

    समलिंगी साँढेलाई मृत्युदण्डको सजायँ

    २०७१ कार्तिक २४ गते
    गाइलाई गर्भिणी बनाउन इच्छा नदेखाएको आरोपमा एउटा साँढेले मृत्युदण्डको सजायँ पाएको छ । सुन्दैमा अचम्म लाग्छ । तर आयरल्याण्डमा एउटा समलिंगी साँढेले गाइहरुसँग सम्भोगका लागि रुची नदेखाएको आरोपमा उसलाई काटिँदैछ ।
    आयरल्याण्डको मायो काउन्टीमा रहेको गाइ फार्ममा गाइलाई गर्भाधानको लागि किनिएको बेन्जी नामको उक्त साँढेले बहर खोजेका गाइसँग सम्भोग गर्नुको साटो अन्य साँढेकै बुइ चढ्न थालेपछि उसले यस्तो कठोर दण्ड पाउने भएको हो ।
    उक्त बहरलाई किनेर ल्याएको एक वर्ष बितिसक्दा पनि ऊसँग सहवास गराइएका कुनैपनि गाइ गर्भिणी बन्न नसकेपछि गाइ फार्मका संचालक निकै निरास बनेका थिए ।
    गाइ फाराममा सामूहिक रुपमा गाइलाई गर्भिणी बनाउन असिजलो मानेर पो हो की भनेर फार्म संचालकले उसलाई हरेक गाइसँग छुट्टाछुट्टै समेत बसाले । तर उसले त्यति गर्दा पनि गाइमा रुची देखाएन र अरु साँढेहरुलाई नै लखेट्न थाल्यो ।
    उक्त साँढेको कुनै यौनिक समस्या रहेको छ की ? भनेर उनले भेटेरनरीमा लगेर जँचाउँदा पनि उसको शुक्रकिटमा कुनै समस्या देखिएन ।
    अन्तत ः त्यो साँढे समलिंगी रहेको र उसमा गाइप्रति कुनै लगाव नरहेको तथा उल्टै साँढेप्रति आकषिर्त हुने गरेको ठम्याइमा पुगे उनी ।
    त्यसपछि उक्त साँढेलाई बधशालामा दिने निधो गरे । त्यो साँढेको साटो अर्को साँढे ल्याएपछि गाइ फार्मका गाइहरु एकपछि अर्को गर्दै भटाभट गर्भिणी हुन थालेका छन् ।
    अब उक्त समलिंगी साँढेलाई बधशालाले काटेर मासु बिक्रि गर्नेछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र