• Breaking News

    11.16.2014

    अर्को घाँटी रेटेको भिडियो (भिडियो सहित)

    ३० कात्तिक, एजेन्सी । इस्लामिक स्टेट अर्थात आइएस भनिने अतिबादी संगठनले अर्का अमेरिकी नागरिकको घाँटी रेटेर हत्या गरेको छ । इन्टरनेटमा भाइरल बनेको उक्त भिडियोमा आइएसका लडाकुले अमेरिकी बन्धक अब्दुल रहमान कासिगको हत्या गरेको जस्तो देखिन्छ । भिडियोमा एक नकाबधारी लडाकु एउटा काटिएको शिरको अगाडि उभिएका छन् जसलाई कासिगको भनेर उल्लेख गरिएको छ । यस अघि नै लडाकुहरुले २ अमेरिकी र एक बेलायती नागरिकको यसै गरी घाँटी रेटेर हत्या गरेका थिए । पछिल्लो भिडियोको आधिकारिकता पुष्टी हुन बाँकी छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र