• Breaking News

    11.25.2014

    नेपाल आमालाई" रन्डी" भन्ने सिके राउतले आज रत्नपार्कमा सभा गर्दै

    काठमाडौं, मंसिर ९ – राज्यद्रोहको मुद्दा खेपिरहेकोमा केही दिन अघि मात्र धरौटीमा रिहा भएका सिके राउतले आज रत्कपार्कमा सभा गर्ने भएका छन् । सार्ककै दिन पारेर भाषण गर्ने पूर्व तयारी बमोजिम राउतले आज रत्नपार्कमा भाषण गर्ने भएका हुन् । यद्यपि, नजिकै सार्क सम्मेलन भइरहँदा सुरक्षाकर्मीहरुले रत्नपार्कमा भाषण गर्न दिनेछन् भन्नेमा अझै शंका रहेको छ ।
    आज दिउँसो ठीक १२ बजे रत्नपार्कमा राउतले भाषण गर्ने बताइएको छ । केही दिन अघि मात्र राउत ५० हजार धरौटी तिरेर रिहा भएका थिए । उनका समर्थकहरुले भने उनलाई बिना सर्त रिहा गर्नुपर्ने माग राखिरहेका छन् । उनलाई छुटाउनका लागि एक व्यक्ति एक रुपैयाँ भनेर धरौटी रकम जम्मा गरिएको थियो ।
    मधेश टुक्र्याउने गतिविधि संचालन गरेको आरोप राउत पक्राउ परेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र