• Breaking News

    11.02.2014

    बलिउडका खलनायक सदाशिवको निधन

    सोमबार, कार्तिक १७,

    बलिउडका मशहुर भिलेन सदाशिव अमरापुरकरको मुम्बईमा निधन भएको छ । ६४ बर्षीय सदाशिवको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पातालमा निधन भएको हो । उनी पछिल्लो एक सातादेखि अस्पातालमा थिए ।

    बिबिसी हिन्दीमा उल्लेख भएअनुसार सदाशिवले गएराति २ बजेर ४५ मिनेटमा अन्तिम सास लिएका थिए । उनी लामो समययता फोक्सोको बिरामी थिए । उनलाई तीन हप्ताअघि पनि अस्पाताल भर्ना गरिएको थियो ।

    सदाशिवले बलिउडमा करिब २५० फिल्ममा अभिनय गरेका छन । अर्ध सत्य, सडक, हुकुमत, आँखे, इश्क उनका हिट फिल्म हुन ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र