• Breaking News

    11.04.2014

    अमिताभ बच्चनलाई अदालतमा पेश गर्नेलाई डेढ करोड इनाम

    मुम्बई, कार्तिक १८ – सन् १९८४ मा सिख दंगा मामिलामा अमेरिकाको एक कोर्टले भारतीय अभिनेता अमिताभ बच्चनलाई अदालतमा उपस्थित हुन आदेश जारेको केही दिन नबित्दै सिखहरुको हक हितमा काम गर्ने एक मानव अधिकारवादी संस्थाले उनलाई अदालतमा बुझाउने व्यक्तिलाई नगद पुरस्कार दिने घोषणा गरेको छ ।

    सिख फर जस्टिस नाम संस्थाले अमिताभलाई अमेरिकी अदालतमा बुझाए डेढ करोड रुपैयाँ दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

    इन्दिरा गान्धीको मृत्यु पछि अमिताभले एक विवादीत बयानमा ‘खुनको बदला खुन’ भनेर भनेका थिए । उनलाई यही बयानको आधारमा अदालतमा उपस्थित हुन आदेश जारी गरिउको छ । लस एन्जलिसको संघीय अदालतले अमिताभलाई अदालतमा उपस्थित हुन २१ दिनको समय दिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र