१ मंसिर सर्लाही ।
मामाघरबाट घर फर्कंदै गरेकी किशोरीलाई घर पुर्याइदिन्छु भन्दै गेष्ट हाउसमा लगेर बलात्कार गर्ने एक विद्यालयका हेडमास्टर पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जिल्लाको राजघाट गाविस ८ घर भएका ज्ञानुदय एकेडेमीका प्रिन्सिपल ३४ बर्षीय गणेश श्रेष्ठ पक्राउ परेका हुन् ।
अभियुक्र श्रेष्ठले कात्तिक २९ गते राजघाट–९ बस्ने १४ बर्षीया किशोरीलाई मामाघरबाट फर्की आउने क्रममा लालबन्दीमा सवारी साधन कुरिरहेको अवस्थामा घर पु¥याइदिन्छु भनी ललाई फकाई मोटरसाइकलमा राखी धनुषा लालगढस्थित गेष्ट हाउसमा लगेर जवरजस्ती अनुचित कार्य गरेका थिए ।
पीडितले ईलाका प्रहरी कार्यालय बरथहवामा निवेदन दिएपछि घटनाको रहस्य बाहिर आएको हो । घटनाको सम्वन्धमा अुनसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
No comments:
Post a Comment