• Breaking News

    11.04.2014

    अर्काकी पत्नी ताक्दा ..........

    १९ कात्तिक, काठमाडौं ।

    खाडीमा तर्तरी पसिनासँग श्रम खट्ने पतिहरु यता छाडेर गएकी पत्नीबारे संधै चिन्तित हुनै नै भए । त्यसमाथि सहरमा पति विदेसिएका पत्नी खोज्ने ब्वाँसा बग्रेल्ती छन् । कसैले विदेशमा छिसिक्क सुनाइदियो, तेरी प्यारी पनि त्यस्तैमा लागेकी छ रे है बिचरो श्रम बेचुवा निम्छारो मरेतुल्य हुने नै भयो ।

    तर, सबैका पत्नी यसरी बिग्रँदैनन् । कहिलेकाहीँ कसैको कुदृष्टि लागिदिँदा विदेश बस्ने पतिहरु भाउन्निएर बाँच्नुपर्ने हुन सक्छ । यस्तैमा परे, शिव भुजेल, जो साउदी अरबमा ऊँट चराएर गुजारा गर्दै छन् ।

    रामेछापको एउटा केटो छ, मंगल तामाङ । काम केही गर्दैन । पैसावालकी पत्नी, सकेसम्म पति बिदेसिएको वा यतै भएर पनि पतिलाई छल्दै ऐस आराम लागेकाहरु खोज्दै हिँड्ने उनको एकसुत्रीय धन्दा हो । बसाई जोरपाटीमा । बौद्धतिर आउँदा जाँदा सलक्क ज्यान परेकी, न मोटी, न दुब्ली, ठिक्कको जिउडालकी सरिता लामा (नाम परिवर्तन) माथि आँखा पर्यो मंगलको ।

    उनी एक्ली छन्, पति विदेशमा भन्ने कुरा मंगलले पहिल्यै अरु माध्यमबाट बुझिसकेको थियो । कोठा पत्ता लागेपछि बाटो पारेर हिँड्न थाल्यो । आउँदा जाँदा भेटिने र भेटिँदा आज अलिकति, भोलि अलिक धेरै, पर्सि अझ धेरै गर्दै कुराकानीको क्रम बाक्लियो ।

    एक सातापछि मंगलले कतै खाजा खानका निम्ति अफर गर्यो । बौद्धकै एउटा रेस्टुराँमा उनीहरुले खाजा खाए । केटोले रक्सी पियो । सरिताले पिउन मानिन् । सरिताचाँही मोबाइलमा फेसबुक चलाइरहेकी थिइन् । जिस्किँदा जिस्किँदा सरिताको मोबाइल मंगलले चलाएजस्तो गर्यो । खासमा उसले सरिताको मोबाइलबाट आफूलाई फ्रेण्ड रिक्वेस्ट पठयो । र, आफ्नो मोबाइलबाट एक्सेप्ट गर्यो । यसपछि उनीहरुलाई फेसबुकले नजिक्याउन थाल्यो ।

    अर्को कुनै एक दिनको भेटमा मंगलले उपाय रच्यो, सरिताको मोबाइलमा फेसबुकको पासवर्ड तल माथि पारिदिने र अकाउन्ट ब्लक गरिदिने । यसपछि बल्लतल्ल फेसबुक लगअन, लाइक र सेयरसम्म गर्न जानेकी सरितालाई आपत पर्यो अकाउन्ट रिकनेक्ट गर्न । मंगललाई थाहा थियो, रिकनेक्ट गराउने ।

    फेसबुकको सर्भरले मोबाइल नम्बर माग्यो । मंगललले आफ्नो नम्बर दियो । उसको नम्बरमा कोड नम्बर एमएमएम आयो । त्यो कोड प्रयोग गरेर सरिताको अकाउन्ट नयाँ पासवर्ड सेट गरिदियो । र, त्यो पासवर्ड सरितालाई मात्र दिएन, आफूले समेत सरिताको अकाउन्ट चलाउन थाल्यो ।

    यसबीच, सरितालाई अनेकथोक भनेर मंगलले आफ्नो जालमा पार्न खोज्यो, तर सरिताले मानिनन् । घुम्न जाने, नाइट स्टे गर्नेजस्ता प्रस्ताव सरिताले मानिन् । मंगलको खराब  नियत देखेपछि सरिता ऊसँग टाढा भइन । एकदिन रिसको झोँकमा मगलले सरिताका साउदी बस्ने पतिलाई सरिताकै फेसबुक अकाउन्टबाट फोटोसहित म्यासेज पठायो । फोटोमा अर्कै केटो थियो । र, लेखेको थियो । यो हो मेरो प्यारो साथी । अब म तिमीबाट टाढा भएँ ।

    यति लेखेपछि विचरो साउदीमा मरेतुल्य जीवन बाँचेका पति प्रणै सकिएसरह हुने नै भए । तुरुन्तै पत्नीलाई फोन गरे । पत्नीले अनभिज्ञता जनाइन् । यस्तो कुरा सहन नसकेर पति देश फर्किए । पत्नीले आफूबाट त्इस्तो नभएको र नुहने कुरामा विश्वस्त बनाइन् ।

    तर, कसरी पत्याउने ? पत्नीकै फेसबुक अकाउन्टबाट त्यस्तो खबर आएपछि । जान्ने बुझ्नेसँग उनीहरुले सल्लाह गरे । सल्लाह दिनेले दुबैलाई हनुमानढोकास्थित प्रहरीको अपराध महाशाखामा जान सुझाए । त्यहाँका इन्स्पेक्टर पशुपती रायले सरितालाई सोध, तपाइृको पासवर्ड अरु कोहीसँग छ ? सरिताले छैन भनिन् । पशुपतिले सोधे के कुनै दिन तपाईले आफ्नो अकाउन्ट अरुलाई चलाउन दिनुभएको थियो । सरिताले भनिन् एक दिन फेसबुक बिग्रँदा बनाउनका लागि मंगल तामाङ भन्ने केटोले बनाएको थियो । इन्स्पेक्टर रायले फेरी सोध, मोबाइल बनाएपछि मंगलले तपाईसँग केही भनेको थियो ? सरिताले भनिन्, घुम्न जाऔं, रमाइलो गरौं भनको थियो । तर, मैले मानिनँ । फेरि सरितालार्य सोधियो, तपाईले नमानेपछि उसले के भन्यो, के गर्यो ? सरिताले भनिन्, मसँग रिसायो, अबदेखि बोलिद्यन भन्यो । त्यसपछि प्रहरीको अनुसन्धान मंगलतिर सोझियो । विभिन्न तथ्यले यस्तो बदमासी मंगलबाट भएको खुलेपछि प्रहरीले मंगललाई समात्यो । दुई चार चड्कन हानेर प्रहरीले किन यस्तो गरिस् ? भनेर मंगललाई सोधेपछि मंगलले भन्यो, घुम्न जाउँ भनेको थिए, सरिताले मानिनन् । अनि रिस उठेर उसको बूढोलाई म्यासेज पठाइदिए ।

    हिजो मंगलबार अपराध महाशाखाको विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका लागि मंगललाई प्रहरी परिसर हनुमानढोकामा बुझाइदिएको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र