काठमाडौं । आठ वटा राष्ट्र सम्मिलित सार्कमा अफगानिस्तान आर्थिक बृद्धिदर र गार्हस्थ्य उत्पादनमा सबैभन्दा पछाडि रहेको छ । प्रतिव्यक्ति आयका हिसावबाट हेर्दा माल्दिभ्स सबैभन्दा अगाडि रहेको छ । उसको प्रतिव्यक्ति वार्षिक आय ११ हजार ६ सय ५४ डलर रहेको छ । सानो राष्ट्र भएकाले माल्दिभ्स कुल गार्हस्थ्य उत्पादनमा भने सबैभन्दा पछाडि रहेको छ । उसको कुल गार्हस्थ्य उत्पादन २ हजार २ सय २२ मिलियन डलर रहेको छ । सबैभन्दा धेरै कुल गार्हस्थ्य उत्पादन भने भारतको रहेको छ । १८ लाख ७६ हजार मिलियन डलर उसको कुल गार्हस्थ्य उत्पादन रहेको सन् २०१३ को आँकडाले देखाउँछ ।
प्रतिव्यक्ति आय बढी हुनेमा भने माल्दिभ्सपछि श्रीलंका र भुटान त्यसपछि भारत क्रमश छन् । श्रीलंकाको प्रतिव्यक्ति आय वार्षिक ९ हजार ७ सय तथा भुटानको ७ हजार ६ सय डलर रहेको छ । भारतको प्रतिव्यक्ति आय ५ हजार ४ सय डलर रहेकोमा पाकिस्तानको ४ हजार ६ सय रहेको छ । त्यसपछि बंगलादेश, नेपाल र अफगानिस्तान क्रमश छन् । नेपालको प्रतिव्यक्ति आय २ हजार २ सय ४४ डलर रहेको विश्व बैंकको २०१३ को आँकडाले देखाउँछ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा पनि नेपाल छैंटौ स्थानमा छ । नेपालको कुल गार्हस्थ्य उत्पादन १९ हजार ४ सय मिलियन डलरको हाराहारीमा छ ।
No comments:
Post a Comment