• Breaking News

    11.18.2014

    यस्तो ठाउँमा सुत्छन् एयर होष्टेस (तस्विर सहित)

    विमानमा सवार गर्दा तपाइँको सेवा गर्न हरदम तत्पर हुन्छन् एयर होष्टेसहरु । विमानमा प्रवेश गरे देखि सबै कुराको जानकारी पनि एयर होष्टेसले नै दिन्छन् ।
    घण्टौं सम्मको हवाइ यात्रामा पनि एयर होष्टेसहरु विमानमा यता उता घुमेरै समय विताउँछन् होला भन्ने ठान्नु भएको छ भने तपाइँ गलत हुनु हुन्छ । थाकेका एयर होष्टेसहरुले कहाँ आराम गर्छन् भन्ने चाँहि धेरैलाई थाहा नहुन सक्छ ।
     डेली मेलले यस विषयमा तस्विर सहितको शोध प्रकाशित गरेको छ । विमानमा एयर होष्टेसलाई आराम गर्नका लागि विशेष स्थान हुने जानकारी र त्यसका तस्विर समेत उक्त रिपोर्टमा छ ।

    विमानमा क्रु रेष्ट डिपार्टमेन्ट अर्थात चालक दलका सदस्य आराम कक्ष नामक छुट्टै कक्ष हुन्छ । विमानको आकार अनुसार यसको आकार निर्धारण गरिन्छ ।
    पाइलट देखि एयर होष्टेस सम्म यही आराम गर्ने र सुत्ने गर्छन् ।

    विमानको शीर्ष भाग खाली हुन्छ र यसमै आराम कक्ष बनाइएको हुन्छ । विमानको पछाडीको भागमा पनि बाथरुम र रेष्टरुम बनाइएको हुन्छ ।
    यहाँ चियाँ कफी तथा खाजा खनाको समेत ब्यवस्था हुन्छ । आराम गर्ने २ जनालाई डिष्टर्व नहोस् भनेर यहाँ रहेका २ ओच्छ्यानकोबीचमा पर्दा हुन्छ । सामान्यतया ठूला विमानमा कम्तिमा ८ बेड हुन्छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र