• Breaking News

    11.14.2014

    ९१ वर्षकी महिला मरेको ११ घन्टापछि जीवित भेटियो

    पोल्याण्डमा निधन भएको भनिएकी एक महिला ११ घन्टापछि जीवित भएर घर फर्किएकी छिन् । ९१ वर्षकी जानिना कोल्किविजलाई उनको डाक्टरले मृत घोषित गरेका थिए ।

    त्यसपछि उनको शवलाई मुर्दा घरमा लगेर राखिएको थियो । जानिनाको परिवारले उनको निधन भएको प्रमाण पत्र तयार गरी अन्त्येष्टिको तयारी गरिरहेका थिए । तर जानिनालाई मुर्दाघरमा राखिएको ११ घन्टापछि मुर्दा घरका कर्मचारीले जिवित पाएका हुन् ।

    मुर्दा घरका कर्मचारीले उनको शरीर चलेको देखेपछि डाक्टर र परिवारलाई खबर गराएका थिए । त्यसपछि उनलाई घर लगिएको छ । घर पुगे लगत्तै उहाँले सुप र केक खाएकि छिन् । जानिनालाई मृत घोषणा गर्ने डाक्टर विसलाव जेजले यो घटनाबाट आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ । महिलाको मुटुले काम गर्न छाडेको र महिलाले सास लिन पनि छाडेपछि आफूले मृत घोषणा गरेको जेजले जानकारी दिनुभएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र