• Breaking News

    11.04.2014

    यस्तो दिए पारसले आफ्नो बयान

     बुधबार, कार्तिक १९,
    पछिल्लो समय फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल मार्फत आफ्नो विचार स्पष्ट पार्ने क्रम बढेको छ । मुलुक चलाउने जिम्मेवारी वहन गरेका शीर्ष व्यक्ति हुन् या सर्वसाधरण किन नहुन उनीहरुले आफ्नो विचार चाँडो भन्दा चाँडो सबैमा पुर्याउन सामाजिक सञ्जाल प्रयोग गरेको देखिन्छ ।

    यसैक्रममा थाइल्याण्डमा पटक पटक लागूऔषधको प्रयोग तथा कारोबारको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस शाहले फेसबुक मार्फत आफ्नो बारेमा आम शुभचिन्तकहरुलाई प्रष्ट्याउने प्रयास गरेका छन् । उनले आफूलाई फसाउन खोजिएको र त्यसबाट बच्न आफूले पटक पटक कानुनी लडाईंको खेल खेलिहरेको बताएका छन् ।

    पारस शाह (ब्लाक ज्याक) को नाममा रहेको र हिन्दूधर्मको आश्थाका भगवानका रुपमा रहेका महादेवको तस्विर प्रोफाइल फोटो राखिएको फेसबुक पेजमा उल्लेख गरिएको स्पष्टीकरणलाई आधार मान्ने हो भने पारसले आफ्नो बचाऊ गरेको देखिन्छ । सो पेजमा पारसले आफ्नो बयान यसरी उल्लेख गरेका छन् :

    मलाई लाग्छ मैले फेसबुकमा गत सेप्टेम्बर ११ मा पोष्ट गरेको थिएँ । त्यसपछि धेरै घटनाहरु भएका छन् , यो दुई महिनाको अवधिमा लागुपदार्थको दुब्र्यसनीबाट लठ्एिको अवस्थामा एकपछि अर्को गिरफ्तारी, जेल सजाय सम्मका घटना जस्ता विभिन्न परिघटनाका श्रंङखलालाई मेरा साथीहरु र परिवारले विश्वास गर्ने अवस्था आयो ।

    तपाईलाई याद छ भने मैले एउटा खेलको सन्दर्भ पनि उल्लेख गरेको थिएँ । मैले यो खेल दोश्रो पटक खेल्न गइरहेको कुरा उल्लेख गरेको थिएँ । र मैले यो खेल दोश्रो पटक खेलिसकेको छु । पछिल्लो पटक मैले यो खेल खेल्दा हार्नुपरेको थियो र मैले यसको कडा मुल्य चुकाउनुपरेको थियो, मेरो जीवनसँग । मलाई आशा छ फेसबुकमा पोष्ट गरिएको यो कुरा तपाईलाई याद छ ।

    म गलत होइन भने मैले यो ११ सेप्टेम्बरमा अदालतमा पोष्ट गरेको थिएँ । मैले मेरा साथीहरुलाई अक्टोबर ६ सम्म मेरो साथ दिन अनुरोध गरेको थिएँ, जुन दिन मेरो अदालतमा पेशी थियो । अनि मैले सबैलाई समयले सबै कुरा बताउने उल्लेख गरेको थिएँ । सेप्टेम्बरको मध्यबाट सेप्टेम्बरको अन्त्यसम्म यहाँ रहेका मेरी बहिनी र मेरा मिल्ने साथी पनि घर फर्के । लगायत अन्य नेपालीहरु पनि हाम्रो महान चाडका लागि थाइल्याण्डबाट फर्किए । सबै मान्छेहरु दशैंमा उनीहरुका परिवारका साथमा गएको कुरामा म गुनासो गरिरहेको छैन । त्यही समयमा मेरा बुबा हृदयघातबाट पीडित भएको समाचार मैले प्राप्त गरें । त्यती नै बेला मैले बुबाको स्वास्थ्यको गम्भीरताबारे बुझुन्जेलका लागि मेरी बहिनीलाई एकदिन अरु बैंककमा कुर्न अनुरोध गरेको थिएँ ।

    बुबाको स्वास्थ्य अवस्था धेरै गम्भीर नरहेको र यो सामान्य खालको हृदयघात भएको खबर पाएपछि अर्कोदिन मेरी बहिनी र मेरा साथी काठमाडौं प्रस्थान गरे । उनीहरुले २५ अक्टोबरको भाईटिकामा फर्कने वाचा समेत गरेका थिए ।

    यस्तैमा ६ अक्टोबर आयो । मैले अदालतको केस लड्ने सोंच्दै म बैंककतिर लागें । जब म बैंककमा पुगें, नेपालीसँग विवाहित मेरी थाई बहिनी आङ मलाई लिन विमानस्थलमा आएकी थिइन् । त्यसपछि हामीसँगै अदालततिर हिड्यौं । अदालतमा नेपाली म एकजनामात्रै थिएँ ।

    म एक्लै हुन गइरहेकाले मात्र मेरा दुईजना थाई वकिलहरु र मेरी थाई बहिनी त्यहाँ आएका थिए । उनीहरुलाई केसको बारेमा केही पनि थाहा थिएन र हामीले केसलाई अगाडि बढाउने योजना बनाएका थियौं । मेरा दुईजना वकिलहरु अंग्रेजी बोल्दैनन् र म थाईभाषा बोल्दिन । हाम्रोबीचमा थिइन् मेरी बिचरी थाई बहिनी आङ, जसलाई केसको बारेमा केही पनि थाहा थिएन । मेरो वार्तालाप मेरा वकिलहरुसँग भन्दा बढी मेरी बहिनीसँग भइरहेको थियो ।

    त्यसैले न्यायाधीसले मेरी बहिनीलाई बोलाएर यदि मैले यो केस लड्ने हो भने यो मेरा लागि खतरनाक हुने कुरा बताए । न्यायाधिसले मलाई ममाथि लागेका आरोपहरु स्वीकार्न मेरी थाई बहिनीमार्फत सुझाव दिए । भारी हृदय र अदालतको निर्णयसँग असन्तुष्ट हुँदै मैले अक्टोबर ६ को बेलुकी बैंककको होटेलमा अदालतको निर्र्णय पोष्ट गरें ।

    ७ अक्टोबरमा उनको ( मेरी आईमाईको ) जन्मदिन थियो । र पार्टी पनि थियो । अदालतको निर्र्णयसँग असन्तुष्ट मैले मेरो परिवारको नाम र मेरो देशको नाममा लागेको दाग हटाउनेबारे सोंचें ।  किनकी मलाई यो केसमा फसाइएको पुष्टि गर्नका लागि मसँग प्रमाणहरु छन् । मलाई यो महिला र यो देशको कानुनबारे थाहा हुन थालेको चारवर्र्ष भइसकेको छ । अक्टोबर ७ रातीदेखि अक्टोबर ८ विहानसम्म रातभर मेरो मेरी आइमाइसँग झगडा भएको थियो ।  यत्तिकैमा मध्यान्हतिर उनको शहरमा उनकै भाइपर्नेबाट म गिरफ्तारीमा परें । म अरुकेही भन्न सक्दिन । अदालतको केस अझै चलिरहेको छ । कानुन अनुशार गिरफ्तारीको लागि सुचना दिने व्यक्तिले पक्राउ परेका व्यक्तिले तिर्ने जरिवानाको ३० प्रतिशत रकम प्राप्त गर्छ । मेरो परिवार र साथीहरु, तपाईहरुले माइन्ड मेकअप गर्दै गर्नुस् । म पनि वेवकुफ छैन । मेरो परिवारको नाम र मुलुकको नामका लागि यो खेल खेल्न र जीवनसँग जुवा खेल्न मसँग मुटु छ ।
    स्रोत -nepalpati.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र