• Breaking News

    10.06.2014

    थप नगरपालिका घोषणाको अन्तिम तयारी

    काठमाडौं, असोज २१
    सरकारले पुनः ६६ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका घोषणा गर्ने अन्तिम तयारी गरेको छ। नगरक्षेत्र निर्धारण सिफारीस समितिले गत साउनमा नै देशभरका ६६ नगरपालिका र सातवटा उपमहानगरपालिकाका लागि सिफारिस गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। यसअघि सरकारले गत वैशाखमा ७२ वटा नगरपालिका घोषणा गरी नगरपालिकाको संख्या १३० पुर्‍याएको थियो। सिफारीस गरिएका सबै नगरपालिका कार्यान्वयनमा आए अब नगरपालिकाको संख्या १९६ पुग्ने नगरक्षेत्र निर्धारण सिफारीस समितिले जनाएको छ। आजको गोरखापत्रमा खबर छापिएको छ।
    संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नेपालगञ्ज, बुटवल, भरतपुर, हेटौडा, जनकपुर, इटहरी र धरान गरी सातवटा उपमहानगरपालिकाका लागि सिफारीस गरिएको छ। यस्तै देशभरबाट ६६ वटा नगरपालिका घोषणाका लागि सिफारीस गरिएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र