अर्काकी श्रीमतीसँग जवरजस्ती यौनसम्बन्ध राख्न खोजेको भन्दै स्थानीयले एक बृद्धलाई कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका ती बृद्ध अस्पताल भर्ना भएका छन् ।
स्थानीय एक महिलासँग अनुचित सम्बन्ध राख्न खोजेको भन्दै दिक्तेल नगरपालिका–७ का ५८ वर्षीय खड्गबहादुर राई मरणासन्न हुनेगरी पिटिएका हुन् ।
पति विदेशमा रहेका ती महिलासँग यौनसम्बन्ध राख्न गएका वृद्धलाई महिलाका आफन्तले कुटपिट गर्दा शरीरभरी चोट लागेका खड्गबहादुरको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ ।
महिलालाई हप्काएर यौनसम्बन्ध राख्न खोज्ने राईविरुद्ध सार्वजनिक अपराध ऐनअन्तरगत मुद्दा दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका नायव सुब्बा लिला विश्वकर्माले जानकारी दिए । नासु विकका अनुसार महिलाका आफन्तमाथि पनि सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।
No comments:
Post a Comment