मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं ३ निवासी ३५ वर्षीय राजु दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई सोही ठाउँ निवासी शम्भु दनुवारले सोमबार राति धारिलो हतियार कत्ती प्रहार गरेका थिए ।
कत्ती प्रहारबाट गम्भीर घाइते भएका राजुको भारतको सिलगढीमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
घटना विवरणअनुसार सोमबार राति खाना खाइरहेको बेला उनीमाथि एक्कासि शम्भुले कत्ती प्रहार गरेका थिए ।
कत्ती प्रहारबाट राजुकी आमा कुदन्ती दनुवार र श्रीमती मनकुमारीसमेत घाइते बनेको बताइएको छ । राजुको हत्यामा संलग्न शम्भुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कत्ती प्रहार गर्ने शम्भु कुदन्तीका नातामा भतिजा हुन् उनले के कारण उनीहरूमाथि कत्ती प्रहार गरे सो विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए । रासस
No comments:
Post a Comment