• Breaking News

    10.05.2014

    दुबईमा सेक्युरिटी गार्डका लागि नयाँ नियम लागू

    हिरा बुढाथोकी
    दुबई, असोज २०– युएईको दुबईमा रोजगारको लागी सेक्युरिटी गार्डमा आउन चाहने र हाल यहाँ कार्यरत सबैमा लागु हुनेगरी यहाँको सरकारले नयाँ नियम ल्याएको छ ।
    जसअनुसार अब सेकुरिटी गार्डमा योग्य हुनको लागी शारिरिक तन्दुरस्ती परिक्षण अनिबार्य हुनेछ । यसअघी डिपार्टमेन्ट अफ प्रोटेक्टीभ सिस्टम अनुसार लिखित, मौखिक र प्राक्टिकल परिक्षा उत्तिर्ण हुनेलाई “डिपिएस” लाईसेन्स दिदै आएको थियो उक्त लाईसेन्स पाइसकेपछी मात्र आधिकारिक सेकुरिटी गार्डको मान्यता पाइन्छ । हाल बहालमा रहेकालाई नयाँ करार अवधी थप गराउदा अनिबार्य शारिरिक जाँच पास गरे मात्र लाईसेन्स नबिकरण हुने तथा नयाँ करारको लागी एकैसाथ “डिपिएस” सहित फिट्नेस्ट टेस्ट समेत गराइने र सबै उत्तिर्न गरे मात्र प्रोफेसनल सेकुरिटी गार्ड लाईसेन्स दिइने ‘आइसिएसएस’/डिपिएस’ दुबईले जनाइको छ । यो नियम तत्काल लागु भैसकेको छ ।
    दुबै पोलिस एकेडेमिबाट “डिपिएस” परिक्षा सहित फिजिकल फिट्नेस टेस्ट महिला र उमेर समुह छुट्याइ फरक फरक समयावधी र पुरा गर्नु पर्ने लक्ष टोकिएको छ । जसनुसार २१ – ३२ वर्ष उमेर समुहले १२ सय मिटर दौड ९ मिनेटमा , सिटअप्स २३ पटक एक मिनेटमा र पुसअप्स २४ पटक एक मिनेटमा पुरा गर्नुपर्नेछ । त्यस्तै सोही उमेरका महिलाले दौड १२ सय मिटर १० मिनेटमा, १०/१० पटक पुसअप्स र सिटअप्स प्रती मिनेटमा पुरा गर्नुपर्नेछ । त्यसैगरी ३३ – ४४ वर्ष उमेर समुहका पुरुषले दौड १२ सय मिटर ९ मिनेटमा, पुसअप्स र सिटअप्स २०/२० पटक प्रती मिनेट गर्नु पर्नेछ भने सोही उमेरका महिलाले दौड १२ सय मिटर १२ मिनेटमा पुसअप्स १० पटक सिटअप्स ९ पटक प्रती मिनेट्मा पुरा गर्नुपर्नेछ । ४५ – ५५ वर्ष उमेर समुहका पुरुषले १२ सय मिटर दौड १० मिनेटमा, पुसअप्स १७ पटक सिटअप्स १५ पटक प्रतिमीनेटमा पुरा गर्नुपर्नेछ त्यस्तै यो उमेर समुहका महिलाले दौड १२ सय मिटर १४ मिनेटमा पुसअप्स ९ र सिटअप्स ६ पटक प्रतीमिनेट्मा पुरा गर्नु पर्ने भएको छ ।
    युएइको दुबईमा हाल ३ हजार सेकुरिटी कम्पनीमा ८५ हजार भन्दा बढीले डिपीएस लाईसन्स लिएर काम गरिरहेको दुबई पोलिस एकेडेमी डिपिएस शाखाले जनाएको छ ।युएइमा बढ्दो बिकास सँगै सुरक्षा क्षेत्रलाई मजबुत बनाउने योजनकासाथ सुरक्षा क्षेत्रलाई प्रथामिकतामा राखिएको हो । यहाँ डिपिएस लाईसेन्स लिएर सेकुरिटी गार्डमा कार्यरत नेपालीहरुले मासिक करीब ५० हजार तलब पाउने गरेका छन । नेपाल लगाएत भारत,पाकिस्तान, श्रीलंका, फिलिपिन्स्, सुडान , इजिप्ट , मोरोक्को, अफ्रीकी मुलुक सहित अन्य बिभिन्न मुलुकका नागरिकले दुबैमा सेकुरिटी गार्डको रुपमा काम गरिरहेकाछन । आगामी जनवरी २०१५ देखी दुबैमा सेकुरिटिको तलब सुबिधा बढ्न सक्ने बताइए पनि त्यस्को आधिकारिक पुस्टी भने हुन सकेको छैन ।
    दुबै बाहेक युएइको राजधानी आबुधाबी लगाएतका राज्यमा सेकुरिटिको तलब करीब दोब्बर भएकोले त्यस्मा समानता ल्याउने योजना रहेको डिपिएस श्रोतले उल्लेख गरेको छ ।

    source

    - See more at: http://www.ratopati.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र