काठमाडौं, असोज १५ - भारतकी ३१ वर्षकी महिला खेलाडी मेरी कोमले दक्षिण कोरियामा चलिहरको एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी छिन् ।
मेरी कोमले ४८ देखि ५१ किलो तौल समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा काजकिस्तानकी झाइना शिरकविकोवालाई २–० ले पराजित गरिन् ।
एसियाली खेलमा भारतको यो सातौं स्वर्ण हो । मेरी कोमले क्षमता अनुसार कै प्रदर्शन गरेको उनका प्रशिक्षकले बताएका छन् । पाँच पटककी विश्व च्याम्पियन ३१ वर्षकी कोमकै जीवनीमाथि तयार भएको चलचित्र मेरी कोम केही समयअघि मात्र प्रदर्शन भएको थियो । चलचित्रमा अभिनेत्री प्रियंका चोपडाले मेरी कोमको भुमिका निभाएकी थिइन् । चलचित्रमा मेरी कोमको प्रशिक्षकको भुमिकामा नेपाली कलाकार सुनिल थापाले अभिनय गरेका थिए ।
No comments:
Post a Comment