• Breaking News

    10.06.2014

    ‘म युवतीको मामालामा असफल’

    २०७१ असोज २० गते
    गायक राजेश पायल राई अझै अविवाहित छन् । अविवाहित रहेकाले पनि गायक राइलाई यस बिषयका प्रश्नहरु धेरै नै खेप्नु पर्दछ । अनलाइनखबरसँगको एक भेटमा गायक राजेश पायल राइले आफू प्रेम र विवाहको बिषयमा असफल भएको स्विकार गरे ।
    तपाई प्रेमको मामालामा असफल हो भन्ने प्रश्नमा गायक राइले भने-‘हो अब यसै भन्नु पर्ला । गरेको केही प्रेम पनि असफल भए । यसपछि मैले बिहे गर्छु भन्दा कहिले जुरेको छैन ।’
    बुबा आमा विदेशमा भएकाले पनि आफूले बिहे गर्न नपाएको राजेशको भनाई छ । विश्वका अधिकांश देशमा पुगिसकेका यी गायकलाई नेपालमा राइ इज किङको उपनामले पनि चिनिन्छ । तर, गायनमा सफल यी गायक बिहे र प्रेममा भने असफल देखिएका हुन् ।
    तर, राजेशले अनलाइनखबरसँग भने-‘यूवती र प्रेमको मामालामा असफल भएपनि म भर्जिन भने छैन ।’ जीवनको यात्रामा सेक्सको सुख आफूले पनि प्राप्त गरेको उनले खुलाए ।
    राजेशले जीवनमा आफूले बिहे चै पक्कै गर्ने जनाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र