• Breaking News

    10.06.2014

    कुखुराको मासु कहिल्यै पनि नधुनुस्...

    तपाइँको पनि कुखुराको मासु किनेर ल्याएपछि धोएर मात्र पकाउने बानी छ भने आजै देखि छोडिदिनुस् । बैज्ञानिकहरुले कुखुराको मासु धोएर पकाउन नहुने भन्दै यसो नगर्न चेतावनी दिएका छन् ।
    कुखुराको मासु धुँदा क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया फैलिने र यसले खानालाई विषाक्त बनाउने उनीहरुको भनाइ छ ।
    द टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार अधिकाँश कुकहरुले पकाउनु अघि कुखुराको मासु धुने गरेको तथ्याङ्क रहेको भन्दै यसो नगर्न चेतावनी दिएको हो ।
    बैज्ञानिकहरुले वर्षेनी देखिने क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया मुख्यतः कुखुराको मासुबाट नै फैलिएको समेत बताएका छन् ।
    यो क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरियाले पेट दुखाउने, झाडा पखाला, वान्त हुने लगायतका समस्या गराउने गर्छ ।
    मानिसहरुले कुखुराको मासु किनिसकेपछी धोएर पकाउने कुरालाई दृष्टीगत गरेर यो चेतावनी जारी गरिएको शोधकर्ता बैज्ञानिकहरुले बताएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र