• Breaking News

    10.06.2014

    कुलेखानीबाट १ करोडको माछा…..!!!

    हेटौंडा, २० असोज ।  कुलेखानी जलाशयका माछापालक कृषकले गत आर्थिक वर्ष १ करोड रुपैयाँभन्दा बढीको माछा बिक्री गरेका छन्। ५ वर्षयता जलाशयमा सामूहिक रूपमा माछापालन हुँदै आएको छ। २०६६ सालदेखि ३ सयवटा केज र खुला जलाशयमा माछापालन गर्दै आएका हुन्।

    जलाशयमा माछापालकहरूको संस्था इन्द्र सरोवर मत्स्य व्यवसायी संघको शुक्रबार सम्पन्न वाषिर्क सभामा संघका सचिव राजु वबनेतले जलाशयबाट ५५ हजार ५ सय केजी माछा बिक्री गरेको जानकारी दिए। माछा बिक्रीबाट एक करोड ९ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको उनले बताए। कुलेखानी जलाशय निर्माण गर्दा विस्थापित भएका परिवारलाई विद्युत् प्राधिकरणले आयआर्जनका लागि जलाशयमा माछापालन गर्न छुट दिँदै आएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र