सानोश्री कुसुम्बा बजारस्थित सशस्त्र प्रहरी बेस क्याम्पको उत्तरमा रहेको जंगलमा बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारपछि पीडित महिला अचेत भएकी थिइन् ।
होसमा आएपछि नजिकैको सशस्त्र प्रहरी बल बेस क्याम्पमा जानकारी गराएकी थिइन् । लगत्तै सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिई उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गुलरियामा पुर्याइएको थियो । उनले यम भन्ने व्यक्तिले बलात्कार गरेको बताएकी छिन् । मानसिक रुपमा विक्षिप्त उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
No comments:
Post a Comment