• Breaking News

    10.27.2014

    सौता र लोग्नेस्वास्नी शब्द परिवर्तनका लागि संशोधन प्रस्ताव

    काठमाडौं, कार्तिक ११

    सांसदहरुले लैङ्गिक हिंसा विधेयकमा सौता र लोग्नेस्वास्नी शब्द परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् । आजको कान्तिपुर दैनिक लेख्छ, संसदमा विचाराधीन लैङ्गकि हिंसा विधेयक माथि परेका ४४ मध्ये अधिकांश संशोधन महिलालाई सम्बोधन गरिने शब्दहरुमाथि परेका हुन् ।
    हामीले महिला अधिकारकर्मी, अधिवक्ताहरुलाई बोलाएर छलफल र अन्तरक्रिया गरिरहेका छौं, विधायन समितिकी सभापति गंगा चौधरीले भनिन्, बिशेष गरी लोग्नेस्वास्नी, सौता, धर्मपुत्र(पुत्री लगायत शब्दहरु संसोधन गर्न प्रस्ताव आएका छन् ।
    ६० जना संसोधनकर्ताबाट शब्द र व्यवस्थाहरुमा संसोधन परेको उनले जानकारी दिइन् ।
    शारीरिक यातना तथा यौनजन्य हिंसाको कसूर गर्नेलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना र एकदेखि आठ वर्षसम्म कैद हुने प्रस्ताव विधेयकमा छ । सांसदहरुले उक्त सजाय बढाएर पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना र आठदेखि दश वर्ष कैद हुने व्यवस्था हुनुपर्ने प्रस्ताव राखेका छन् । जरिवाना र कैद थोरैहुँदा पीडक हिंसा गर्न नडराउने भएकाले कारवाहीको ब्यवस्था कडा गर्नुपर्ने संसोधनकर्ता सांसदहरुको भनाई छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र