• Breaking News

    10.27.2014

    दसैं तिहारमा भएका दुर्घटनामा २ सयको मृत्यु, सुरक्षा प्रमुखलाई कारबाही गरिने

    दसैं र तिरहालाई दुर्घटनारहित बनाउन ट्राफिक प्रहरीले महिनादिन अघिदेखि नै चेकजाँच अभियान सुरु गरेको थियो । तर, यस वर्षको दसैं-तिहारमा भएका दुर्घटनामा गत वर्षको भन्दा दोब्बर संख्यामा यात्रुको मृत्यु भएको छ ।

    यस वर्षको दसैं र तिहारमा भएका साना-ठूला दुर्घटनामा परेर करिब दुई सयजनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार दसैंको १४ दिनमा मात्र देशभर भएका दुर्घटनामा एक सय ४० जनाको मृत्यु भएको छ । तिहारको पाँच दिनमा ४० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । यो संख्या अघिल्लो वर्षको दसैं तिहारको तुलनामा दुर्घटनामा मृत्यु हुनेको संख्याभन्दा दोब्बर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्यालयले नुवाकोट, ओखलढुंका र गोरखामा भएको सवारी दुर्घटना गम्भीर लापरबाहीले भएको निष्कर्ष निकालेको छ । कार्यालयले दुर्घटना भएका क्षेत्रका सडकमा पर्ने सुरक्षा निकायका प्रमुख र जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।मुख्यसचिव लीलामणि पौडेलसहित प्रधानमन्त्री कार्यालय, गृह, यातायात मन्त्रालयका सचिवलगायतका उच्च अधिकारीको आइतबारको बैठकले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

    -नयाँ पत्रिका

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र