• Breaking News

    10.22.2014

    बाबुले गाली गरेको निहुँमा छोराद्वारा आत्महत्या

    सर्लाही, कात्तिक ५ – बाबुले गाली गर्दा सर्लाहीको पिपरिया गाविसका एक युवकको विष सेवन गरेर मृत्यु भएको छ ।


    घरायसी विवादका क्रममा पिपरिया गाविस–२ निवासी जोगिन्दर साहले गाली गर्दा उनका २४ वर्षीय छोरा दीपेन्द्रले आवेगमा आएर गएराति घरमै विष सेवन गरेका थिए ।


    सल्फर नामक विष सेवन गरेका दीपेन्द्रको सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालमा उपचार गराउँदा गराउँदै राति १०ः३० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र