बिहीबार बिहान नेपालले करातेतर्फ महिला एकल कांतामा सफलता हात पारेको हो । नेपालका लागि विमला तामाङमा कास्य पदक जितेकी हुन् ।
इन्चोन एसियाडमा नेपालले २५ खेलमा सहभागिता जनाएपनि अहिलेसम्म पदक जित्न सकेको थिएन ।
पदकको आशा गरिएको पुरुष क्रिकेटमा पनि नेपाल बुधबार अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।
यसअघि, महिला क्रिकेट, पुरुष फुटबल, बक्सिङ, पौडीलगायतका खेल नेपालका लागि सहभागितामा नै सीमित भएका थिए ।
No comments:
Post a Comment