• Breaking News

    10.30.2014

    यौन सम्बन्ध राखे मात्र टिममा पार्ने गरेको आरोप

    १३ कात्तिक, एजेन्सी ।
    श्रीलंकाका महिला क्रिकेटरहरुले अधिकारीहरुमाथि लाजलाग्दो आरोप लगाएका छन् । खेलाडी चयन कर्ताहरुले आफूहरुलाई सेक्स गरेमा मात्र टिममा पार्ने भन्दै बार्गेनिङ गरेको आरो उनीहरुले लगाए ।

    श्रीलंका क्रिकेट कार्यकारी समितिले शुक्रबार आपतकालीन बैठक बोलाएको छ । त्यसैगरी महिला क्रिकेटर छनौटका विषयमा छानविनको आदेश समेत दिएको छ ।

    एक स्थानीय सञ्चार माध्यमका अनुसार महिला क्रिकेटरले यस्तो आरोप लगाएपछि क्रिकेटर छनौट समितिका उपाध्यक्ष मोहन डी सिल्वा, सचिव निशान्ता रणतुंगा, सहायक सचिव हेरान्ता परेरा र मुख्य पुरुष राष्ट्रीय चयनकर्ता सनत जयसूर्यामाथि छानविन भएको छ ।

    यसका लागि एउटा प्यानल नै गठन गरिएको छ । यो प्यानलले आरोप लगाउने महिला क्रिकेटर र छान्ने अधिकारीहरुसँग कुराकानी गर्नेछ ।

    महिला क्रिकेटरले आफूहरुलाई शारीरिक सम्बन्ध राखेमात्र टिममा पारिदिने भन्दै ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् ।
    यस अघि सन् २०१२ मा पनि श्रीलंक क्रिकेट बोर्डकी एक महिला कर्मचारीले अधिकारीहरुमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र