बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् ।
यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ । विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः
१ सहवास नगर्नुस्
विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन ।
२ ऐना नहेर्नुस्
विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।
३ बाँदरको नाम नलिनुस्
विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरु । विहानै बाँदरको नाम लिँदा दिनमा खाना खान मसस्या हुने उनीहरुको भनाइ छ । विहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् ।
४ तेलको भाँडो र सियो धागो नहेर्नुस्
विहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।
५ घर फोहोर नराख्नुस्
उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् । विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।
2,3,4 kasto point ho tyo???
ReplyDeleteali scientific reason dinu na saknu hunxa vane....
This comment has been removed by the author.
ReplyDeleteyehi news line ma yeuta shirshak yesto 6, "sex gardai hunuhunchha? pahile yo padhnus...". yes shirsak ma bihan sex garda dherai faida ka kura anusandhan karta harule gareka chhan vane tapainka kura k ma aadharit chhann? kripaya mathi lekhiyeka shirshak padhera tapain ko kura (No. 1 ko) ke ma aadharit chhann? kripaya spasta paridinu hola. dhanyabad.
ReplyDeletewhat a joke.
ReplyDelete