• Breaking News

    10.05.2014

    दशैंमा भोज खाँदा एकको मृत्यु १४ बिरामी

    चौतारा, असोज १९ – विजया दशमीेको बेलुका छिमेकीसहित परिवारजनसँग बसेर भोज खाएर बिरामी परेका सिन्धुपाल्चोकमा एकको मृत्यु भएको छ भने अन्य १४ जना सख्त बिरामी परेका छन् ।
    बिरामी सबैको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि काभ्रेको धुलिखेल अस्पताल तथा राजधानी लगिएको छ ।
    मृत्यु हुनेमा चौतारा नगरपालिका–९ सानुसिरुबारीका ५५ वर्षीय हरिबहादुर थापामगर रहेका छन् । उनको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राजधानी लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको मृतकका भतिजा राजेन्द्र थापामगरले बताए ।
    भोज खानेबित्तिकै कतिपयले बान्ता गरेकाले खानामा विषादी परेको आशङ्का गरिएको छ । सदरमुकाम नजिकैको स्थान भए पनि समयमै उपचारमा ध्यान नदिइ लापर्बाही गरेकाले दुःखद घटना भएको छिमेकीहरुले बताएका छन् ।
    बिरामी पर्नेमा मृतकका चारजना परिवार उनका दुई भाइका दुई÷दुई परिवार तथा छिमेकीसहित १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र