सामाजिक सञ्जाल फेसबुकले फेसबुक पेज भेरिफाई गरेपछि डा. भट्टराई फेसबुक पेज भेरिफाइड हुने पहिलो नेपाली नेता बनेका छन् ।
आफ्नो समयको प्रवेशिका परिक्षाका बोर्डफस्ट समेत भएका उनी फेसबुक पेज भेरिफाइडमा हुनेमा समेत ‘फस्ट’ बनेका हुन् । फेसबुकले डा. भट्टराईको ६ लाख ७९ हजार ३ सय ७० लाइक नाघिसकेको पेजको बुधबार भेरिफाई गरेको हो ।
यसअघि अभिनेत्रीहरु नम्रता श्रेष्ठ, केकी अधिकारी, मल्भिका सुब्बा, प्रियंका कार्की, गायक राजेशपायल राई, गायिकाहरु सुनिता दुलाल, मुना थापा मगरको फेसबुक पेज भेरिफाइड भएको छ ।
No comments:
Post a Comment