एजेन्सी
बलिउड अभिनेत्री प्रीति जिन्टाले आफ्ना पूर्वप्रेमि तथा ब्यवसायी नेस बाडियाले यौन दुर्ब्यवहार गरेको भनेर लगाएको आरोप झुटो सावित भएको छ । उनको मुद्धामा साक्षीकोरुपमा रहेका ४ जनाले आफूले त्यस्तो कुनै गतिविधी नदेखको बताएका हुन् ।
गत ३० मेमा आइपिएलको खेल भैरहेको समयमा रंगशालामै आफूमाथि नेस बाडियाले यौन दुर्ब्यवहार गरेको भन्दै पुलिसमा उजुरी दिएकी थिइन् ।
सोही दिन रंगशालामा उपस्थित रुस्तम लायर, उनकी पत्नि गिया लायर, उद्योपति निकोलस चेन र सुमित्रा श्रीवास्त लगायतका साक्षीले पुलिस स्टेसनमा दिएको बयानका क्रममा आफूले त्यस्तो केही नदेखेको बताएका हुन् । उनीहरुले नेस बाडिया र प्रीतिबीच कुराकानी भएको देखेपनि त्यस्तो कुनै घटना नभएको र उनीहरुले सँगै पुरै म्याच हेरेको समेत बताएका छन् ।
४ जना साक्षीले नै प्रीतिको भनाइसँग सहमति नजनाएपछि उनको मुद्धाले नयाँ मोड लिएको छ । उद्योगपति निकोलश चेनले नेसले प्रीतिको हात छोएको समेत नदेखेको बताएका छन् ।
प्रीतिले भने आफूमाथि खुल्लम खुल्ला यौन दुर्ब्यवहार हुँदा पनि कसैले सहयोग नगरेको भन्दै उजुरी दिएकी थिइन् ।
No comments:
Post a Comment