• Breaking News

    9.01.2014

    शाहरूखपछि अन्डरवल्डको धम्की अरु कलाकारलाइ पनि आउन थाल्यो !!


    बलिउड कलाकारहरूलाई अन्डरवल्डबाट विभिन्न धम्की आइरहन्छ। केहीसमय अगाडि बलिउड सुपरस्टार शाहरूख खानलाई धम्क्याएका अन्डरवल्ड डन रवि पूजारीले अर्का बलिउड कलाकार बोमन इरानीलाई धम्काएका छन।
     
    मुम्बई पुलिसका एक उच्च पुलिस अधिकारीले दिएको जानकारी अनुसार बोमनलाई रवि पूजारीले फोनबाट धम्की दिएका हुन। ती अधिकारीका अनुसार अहिले बोमनलाई पुलिसले सुरक्षा दिइरहेको छ। प्रहरीले उक्त प्रकरणको छानबिन पनि गरिरहेको छ।
     
    अन्डरवल्ड डन रवि पूजारीका सहयोगीहरूले केही समय अगाडि फिल्म प्रोडयूसर अली मोरानीको घर अगाडि गोली चलाएका थिए। बोमनको सिनेमा ‘ह्यापी न्यू इयर’ आगामी अक्टुबर २३ मा रिलिज हुँदैछ। बोमन ‘मुन्ना भाइ एमबिबिएस’ तथा थ्रि इडियट्स सिनेमाका लागि चर्चित छन। 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र