• Breaking News

    9.16.2014

    छोराले गरे बुवाको हत्या

    आमाको पिटाईबाट भड्केका छोराले गरे बुवाको हत्या

    भारतमा एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । नौँ कक्षामा पढ्ने एक छात्रले घरेलु झगडामा आफ्नो बुवाको तरबार घोपेर हत्या गरेका छन् ।
    घटनालगत्तै आरोपी छात्र घरबाट भागेका थिए तर पछि उनलाई पुलिसले पक्राउ गर्न सफल भएको थियो । पुलिसका अनुसार बाबु सिंह (४२) आफ्नो चारजनाको परिवारसँग भारतमा बस्ने गर्दथे । पेशामा ड्राइभर बाबु सिंहका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । सधैँजसो आफ्नो कामबाट रक्सी पिएर आएका बाबु सिंह केहि कुरामा आफ्नी श्रीमतीसँग झगडा गरिरहेका थिए । यसै क्रममा उनी आफ्नी श्रीमतीलाई पिट्न पनि थाले । झगडा ठूलै भएका कारण उनका बच्चाहरुले पुलिसलाई खबर गरे र पुलिसले ती दुबै श्रीमान–श्रीमतीलाई सम्झाई बुझाई रातीको करिब साढे १० बजेतिर छोडिदिए । त्यसपछि बाबुसिंह फेरिपनि रक्सी पिउन गए र राती अबेर घर फर्किए । घरआए लगत्तै फेरि पनि बाबुसिंहले आफ्नी श्रीमतीलाई कुट्न थाले ।
    आफ्नी आमालाई बुवाले निर्घात कुटिरहेको देखेर छोराछोरीहरु आमाको बचाउ गर्न जाँदा बाबु सिंहले उनीहरुलाई पनि मारिदिने धम्की दिए । आमालाई पिटेको सहन नसकी १६ वर्षका एक नाबालिग छोराले रिसको झोंकमा आफ्नो बुवालाई तरवारले छातीमा प्रहार गरे । तरबारको हमलाबाट घाइते भएका उनलाई नजिकैको अस्पतालमा लगियो जहाँ डाक्टरहरुले उनलाई मृत घोषणा गरे । (एजेन्सी)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र