• Breaking News

    9.07.2014

    फलफुल खाने नेपाली एक प्रतिशत मात्रै !

    काठमाडौं,भदौ २३–शरीरको आवश्यकताअनुसार फलफूल तथा हरियो तरकारी खाने नेपाली औसतमा एक प्रतिशत मात्र रहेको सरकारी तथ्यांकले देखाएको छ । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ।
    विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य अनुसन्धान परिषद्ले सन् ०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षको सर्वेक्षणले स्वस्थ शरीर बनाउन महत्वपूर्ण मानिने फलफूल तथा हरियो तरकारी आवश्यकताअनुसार नखाने नेपालीको प्रतिशत ९८.९ देखाएको हो । फलफूल तथा हरियो तरकारी नखाँदा नेपालमा मुटु, क्यान्सर, मधुमेहलगायतका नसर्ने रोगहरुको जोखिम बढेको अध्ययनको निष्कर्ष निकालेको छ ।
    विश्व स्वास्थ्य संगठनले स्वस्थ शरीरका लागि दैनिक हरियो तरकारी तथा फलफूल गरी कम्तीमा पाँच ‘सर्भिङ’ अर्थात चार सय ग्राम खानुपर्ने मापदण्ड तोकेको छ । यसमा फलफूल र तरकारी मिलाएर खान सकिन्छ । एक ‘सर्भिङ’ को मात्रा ८० ग्राम हुन्छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।काठमाडौं,भदौ २३–शरीरको आवश्यकताअनुसार फलफूल तथा हरियो तरकारी खाने नेपाली औसतमा एक प्रतिशत मात्र रहेको सरकारी तथ्यांकले देखाएको छ । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ।
    विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य अनुसन्धान परिषद्ले सन् ०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षको सर्वेक्षणले स्वस्थ शरीर बनाउन महत्वपूर्ण मानिने फलफूल तथा हरियो तरकारी आवश्यकताअनुसार नखाने नेपालीको प्रतिशत ९८.९ देखाएको हो । फलफूल तथा हरियो तरकारी नखाँदा नेपालमा मुटु, क्यान्सर, मधुमेहलगायतका नसर्ने रोगहरुको जोखिम बढेको अध्ययनको निष्कर्ष निकालेको छ ।
    विश्व स्वास्थ्य संगठनले स्वस्थ शरीरका लागि दैनिक हरियो तरकारी तथा फलफूल गरी कम्तीमा पाँच ‘सर्भिङ’ अर्थात चार सय ग्राम खानुपर्ने मापदण्ड तोकेको छ । यसमा फलफूल र तरकारी मिलाएर खान सकिन्छ । एक ‘सर्भिङ’ को मात्रा ८० ग्राम हुन्छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र