• Breaking News

    9.02.2014

    रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते

    बारा, भाद्र १७ । बारामा आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच झडप हुँदा चारजना घाइते भएका छन । हलखोरिया जंगलमा बम्जनका अनुयायीले स्थानीयलाई जगंलमा नसोधी हिंडेको भन्दै समात्ने र कुटपिट गर्ने गरेपछि झडप भएको हो ।

    बम्जनका अनुयायीहरुले स्थानीय उतिम गुरोलाई हात बाँधेर बन्धक बनाइ रातभर निर्घात कुटेको खुलासा भएपछि आज बिहान जंगलमा पुगेका स्थानीय र बम्जन पक्षबीच झडप भएको हो ।

    झडपमा बम्जनका अनुयायी समिर गुरुङ, रुपबहादुर थिङ, लामा बालक र गाउँलेतर्फ राकेश गुरो घाइते भएका छन । स्थानीयलाई बन्धक बनाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । बम्जनले भने आफ्ना केटाहरुबाट कमजोरी भएको भन्दै माफी मागेका जनाइएको

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र