भारतको नयाँ दिल्लीमा विवाह भएको एक महिना नबित्दै श्रीमान् गुमाएकी श्वेताको मन अझै थामिएको छैन।
कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुनासाथ श्रीमानको कुरा आउँदा आँखा अझै रसाउँछन् उनका।
पतिवियोग सहन उनलाई निकै गाह्रो भइरहेको उनको व्यवहार र आँसुका धाराले पुष्टि गरिरहेको छन्। अरूसँग कमै मात्र बोल्ने उनी प्राय एकान्तमै बसेर सोचिरहेकी हुन्छिन्। श्वेताले केहि दिन पहिले आफू र श्रीको दुईवटा फोटोहरु फेसबुकमा पोष्ट गरि आफ्ना भित्रि वेदनाहरु भगवानसँग गुनासो गरेकी थिइन्। यसैगरी मंगलरबा पनि उनले आफ्नो फेसबुकमार्फत आफ्ना भावनाहरु कविताका रूपमा यसरी विसाएकी छन्। हेरौँ उनका कविता उनकै शब्दमा
अनेक कोसिश गर्छु म अगाडि हिड्नतर म आज आफैंलाई समाल्न सक्दिन ,भन्थे जीन्दगीका हरेक मोडमा संघर्ष गर्छुतर म आज आफैंलाई समाल्न सक्दिन ,कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैलेमलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,दैब लाग्नुको पनि एउटा सीमा हुन्थ्यो होलामलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्नटप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैनमलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्नकहाँ गुहारौं कसलाई गुहारौं छैन मसँग शक्तिमलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाईमलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,लौ अब तिमि आफैं भन म कुन बाटो लागौंमलाई गार्हो भयो आफैले आफैंलाई समाल्न।
No comments:
Post a Comment