• Breaking News

    9.06.2014

    मलेसियन एयरलाइन्सका दुईसय हवाई परिचारिकाले राजिनामा दिए

    करिब चार महिनायता दुईवटा ठूला विमान दुर्घटनामा परेर असुरक्षाको प्रश्न उब्जाएको मलेसियन एयरलाइन्सका करिब दुईसय हवाई परिचारिकाले जागिर छोडेका छन् ।
    उनीहरुले असुरक्षा बढ्दै गएको कारण सो सेवाबाट राजिनामा दिएको अनुमान गरिएको छ । तर उनीहरुले भने राजिनामा पत्रमा सो प्रश्न नभई आ आफ्नो घरायसी कारण देखाएका छन् ।
    तर प्राप्त अर्काे एक समाचारअनुसार भने उनीहरुका आफन्तले सो एयरलान्स असुरक्षित बन्दै गएकोले उनका परिवारले उक्त जागिर छोड्न दबाब दिएका बताइएको छ ।
    Malaysia-Airlines-Boeing-B777-200-Flight-MH370-415x260
    विगतमा निकै सुरक्षित मापदण्डका अपनाउने विमानका रुपमा चिनिएको सो एयरलान्स पछिल्लो समयमा असुरक्षित हुन पुगेको बताउने गरिएको छ ।
    सो एयरलाइन्सको एउटा विमान छ महिनाअघि नै हराएको थियो । अहिलेसम्म त्यसको कुनै पत्तो लागेको छैन भने अर्काे विमान दुई महिनामात्र अघि युक्रेनमा दुर्घटनाग्रस्त भएको थियो ।
    दुर्घटनाग्रस्त सो विमानलाई भने युक्रेनका विद्रोहीले गोलीहानी खसालेको दाबी सो एयरलाइन्सले गरेको छ । त्यस विषयमा छानबीन जारी रहेको छ ।
    गएको सात महिनामा सो एयरलाइन्सका १८६ जना परिचारिकाले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनीहरुले घरायसी कारण देखाएर राजिनामा दिएका बताइएको छ । रासस,एएफपी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र