नेपालमा हुन्छ उस्तै उपचार
काठमाडौं,असोज ११ – एमाले बरिष्ठ नेता झलनाथ खनाल उपचार गर्न शुक्रबार अमेरिका गएका छन् । प्रोस्टेटको शल्यक्रियाका लागि बासिंगटनस्थित जोन हव किङ्स अस्पतालमा चिकित्सकसँग समय मिलाएपछि उनी अमेरिका गएका हुन् ।
खनालको अमेरिकामा हुने उपचारको सम्पुर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । गत २ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको जाने आउनेसहित उपचारमा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको हो ।
‘उपचारपछि आएको बिलअनुसार निकासा गर्ने कुरा भएको छ,’स्वस्थ्य मन्त्रालय स्रोतले भन्यो,‘आते–जातेका लागि पेस्कीको व्यवस्था मिलाउने तयारी हुँदै थियो,तर काम गर्दागर्दै ढिला भयो । त्यो पनि आएपछि मिल्नेछ ।’
नेपलामा हुन्छ उस्तै उपचारः
पुरुषहरुमा विर्य बनाउने एक प्रकारको ग्रन्थी हुन्छ,जसलाई प्रोस्टडग्रन्थी (पुरुष गन्थी) पनि भनिन्छ । यो पिसाव थैलीको तलतिर र पिसावनलीको सुरु भागको वरिपरि हुन्छ । सामान्यतः ५० वर्ष माथिका पुरुषलाई यो समस्या देखापर्छ । सुरुमा पिसावनलीको सुरुको भागको वरिपरि समस्या हुन्छ । यसको राम्रो उपचार नेपालमा हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
9.26.2014
समचार
No comments:
Post a Comment