सुनसरी, भदौ ३१ – सुनसरीको इटहरी ५ स्थित लिटिल फ्लावर बोर्डिङ्ग स्कुलका अंग्रेजी विषयका शिक्षक मिलन परियारलाई प्रहरीले पक्राउ गरी जवरजस्ती मुद्दा दर्ता गरेपछि तनाव सिर्जना भएको छ ।
पक्राउ शिक्षकलाई तत्काल रिहाइ गर्नुपर्ने माग राख्दै विद्यालयका शिक्षकहरु लगातार विद्यालय बन्द गरी इलाका प्रहरी कार्यालय इटहरीको प्राङ्गणमा भेला हुने गरेका छन् ।
विद्यालयमा अध्यनरत कक्षा ७ की छात्रालाई यौनजन्य त्रृmयाकलाप गरेको आरोपमा छात्राका बुवाले प्रहरीमा उजुरी दिएपछि शिक्षक परियारलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक डिएसपी बिनोद कुमार शर्माले बताए ।
पक्राउ शिक्षक परियार विरुद्ध जवरजस्ती करणी मुद्दासमेत दर्ता गरिएको जानकारी दिइएको छ । यता बुधवारदेखी सुरु हुने दोश्रो त्रैमासिक परिक्षा शिक्षक पक्राउको बिरोधमा हुने या नहुने अन्यौलमा रहेको छ ।
यता पक्राउ शिक्षक संग सम्पर्क गर्दा शिक्षक मिलन परियारले छात्रा माथी त्यस्तो कुनै दुवर््यवहार नगरेको दाबी गर्दे आएका छन् ।
इटहरी ५ सिथत लिटिल फ्लावर बोर्डिङ्ग स्कुलका प्रिन्सिपल राजकुमार सापकोटाका अनुसार पक्राउ शिक्षकलाई तत्काल छाडनु पर्ने , प्रहरीले एकलौटी कुरा सुनेर दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने जस्ता माग राखिएको बताएका छन ।
शिक्षकहरुले माग सुनुवाई नभए विद्यालयको तालाचाबी प्रहरीलाई बुझाउने र विद्यालय सदैका लागि बन्द गरिदिने चेतावनी समेत दिँदै आएका छन् ।
No comments:
Post a Comment